Techie IT
बिहीबार, माघ १५,२०७७

सरकारविरुद्ध कांग्रेसले मंसिर २९ गते देशव्यापी प्रर्दशन गर्ने


काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध मंसिर २९ गते देशव्यापी प्रर्दशन गर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सरकारको कार्यशैली विरुद्ध प्रर्दशन गर्ने निर्णय गरेको हो।

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधबार तनहुँमा भएको धरपकड,कोरोना नियन्त्रणमा सरकारको असफलता र कोरोनाको नियन्त्रण गर्ने नाममा भएको भ्रष्टाचारको विरोधमा प्रर्दशन गर्ने निर्णय भएको कांगे्रसले बताएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्