Techie IT
शनिबार, माघ ३,२०७७

रेड पाण्डाको छालाको कारोवारी गर्ने पक्राउ


काठमाडौं ।
रेडपाण्डाको कारोवारी गर्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । संरक्षित तथा दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालाको कारोवारी ओसार पसार तथा विक्री वितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले ३० वर्षिय मनोज मगर खोटेहाड. गा.पा. वडा नं. १ हाल काठमाडौं चावहिल बस्ने, ३० वर्षिय रवन बस्नेत खोटाड. साकेवा गा. पा. वडा नं. १ हाल काठमाडौं चावहिल बस्ने र ३४ वर्षिय केशर बहादुर मगर जि. उदयपुर रौतामाई गा. पा. वडा नं. १ हाल का.जि. गोकर्णेश्वर न.पा. अरेला गाउँ नारायणटार बस्ने व्यक्तिहरुलाई Zoom Cafe And Banquet बाट २०७७/८/१८गते रेड पाण्डाको छालासहित पक्राउगरी प्रहरीले अनुसन्धानको लागि डिभिजन वन कार्यालय काठमाडौं पठाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्