Techie IT
बिहीबार, माघ १५,२०७७

नेपालमा थप १२७२ जनामा कोरोना संक्रमण २ लाख ३८ हजार ८६१ पुगे संक्रमित


काठमाडौं ।
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा शुक्रबार थप १२७२ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

यी सहित हालसम्म कोरोनाबाट संक्रमण हुने संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ। पछिल्लो २४ घण्टामा १५७५ जना कोरोनाबाट निको भएका छन्।

यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २ लाख २१ हजार ८४७ पुगेको छ । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या १५६७ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्