Techie IT
सोमबार, कात्तिक १०,२०७७

सुखीपुर नगरपालिकामा आज बिहान ६ बजेदेखि ’लक डाउन’


काठमाडौं,साउन २८

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सिरहाको सुखीपुर नगरपालिमा आज बिहान ६ बजेदेखि साउन ३२ गते १२ बजे राती सम्मका लागि ’लक डाउन’ गरिने भएको छ ।

नगरपालिका स्तरीय कोभिड १९ कोरोना नियन्त्रण तथा ब्यवस्थापन समितिको संयोजक सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवको संयोजकत्वमा समितिको मंगलवार साँझ बसेको बैठकले पूर्ण रुपमा लक डाउन गर्ने निर्णय गरेको हो ।

समितिको निर्णय अनुसार सार्वजानिक यातायात लगायत सबै क्षेत्र बन्द गर्ने पनि जनाएको छ । तर स्वास्थ्य क्षेत्र, अतिआवश्यक र सुरक्षा निकाय भने खुला रहने बताइएको छ । सुखीपुरमा हालसम्म सुखीपुर नगरपालिकामा समाचार तयार पर्दा सम्म १२ जना कुल संक्रमित मध्ये ४ निको भएर घर फर्किएको सुखीपुर नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख अन्देश्वर मण्डलले बताएका छन् ।

उनका अनुसार हिजो आएको पिसिआर टेष्टको रिपोर्टमा सुखीपुर नगरपालिकाका वडा नम्बर ९ बैशखाका ८ जनाको कोरोना पोजेटिभ देखिएपछि सो वडालाई सिल गरिएको छ ।

त्यस्तै सिरहामा हाल सम्म २ सय ७० जना कुल संक्रममितमा १ जनाको मृत्यु र १ सय ९२ जना निको भएर घर फर्केका छन् । देशभरमा समाचार तयार पार्ने बेला सम्ममा २३ हजार ९ सय ४८ जना कुल संक्रममित ८३ जनाको मृत्यु र १६ हजार ६ सय ६४ जना निको भएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्