Techie IT
बुधबार, असोज ७,२०७७

ओरियन कम्पनीको रु. १८,७९,६००।(अठार लाख उनासी हजार छ सय) मुल्य बराबरको समान बरामद


काठमाडौं,साउन २८

झापाको मेचीनगर नगरपालिका वडा नं. १५ हेल्दुबारीबाट बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले हिजो राती १ वजे अबैध रुपमा भारतबाट लुकाई छिपाई नेपाल तर्फ भन्सार छलेर ल्याउदै गरेको oreans, company को diatary supplement (spirulina,detoxyon,nephrofit,de- lipo,wheatgrass,strong liv )नाम थाहा नभएको ९८२ बट्टाको मु.रु. १८,७९,६००।((अठार लाख उनासी हजार छ सय)मुल्य बराबरकोसमानहरु र कुर्ता सुरुवाल, बाबा खैनीको अमुरु रु। ६८,३७०।–(अठसट्ठी हजार तिन सय सत्तरी) बराबरको समानबरामद गरी आजै आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काकडभिट्टामा बुझाएको छ ।

साथै गत साउन २६ गते झापाको कचनकवल गा.पा. वडा नं। ६ बनियानी पुलबाट जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट लुकाई छिपाई नेपाल तर्फ भन्सार छली ल्याउदै गरेको युरिया मल रु। ३१,५००।– (एकतिस हजार पाँच सय) मुल्य बराबरको समान बराबद गरी आजै भद्रपुर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीले जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्