Techie IT
बिहीबार, माघ १५,२०७७

बर्दिबास घटनामा मृतक दुवैका परिवारलाई नगरपालिकाले २ लाख ५० हजार दिने

मृतक वुद्धिराज न्यौपानेको परिवारका १ सदस्यलाई नगरपालिकाले जागिर दिने


काठमाडौं ।

महोत्तरीको बर्दिबास नगरपालिका वडा नं १४ निवासी ६ वर्षिया बालिका गुलाब खातुन मंसिर ७ गते साँझदेखि हराइरहेकी र मंसिर ८ गते सोही ठाउँ किराना पसल गर्ने गौशाला नगरपालिका वडा नं ५ का अरुण शाहले हत्या गरी बोरामा बाँधी चौरमा फालेको घटना सार्वजनिक भएसँगै हत्याका आरोपी शाहमाथि कडा कारवाहकिो माग गर्दै स्थानियले विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीको गोली लागि घाइते भएका स्थानिय वुद्धिराज न्यौपानेको उपचारको क्रममा मृत्यु भएकोमा बर्दिबास नगरपालिकाले दुख ब्यक्त गर्दै घटनामा घाइते भएका श्याम कार्की र अफताव आलमको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

साथै बर्दिबास नगरपालिकाले सो घटनामा मृत्यु भएका दुवै जना गुलाव खातुन र वुद्धिराज न्यौपानेको परिवारलाई नगरपालिकाको तर्फबाटप्रति परिवार रु २ लाख ५० हजारका दरले उपलब्ध गराउने जानकारी गराउदै मृतक वुद्धिराजलाई शहिद घोषणा, घाइतेको निशुल्क उपचार र घटनामा संलग्नप्रति कडा भन्दा कडा कारवाही गर्न गृहमन्त्रालयलाई आग्रह गर्ने जनाएको छ ।
मंसिर ११ गते नगरपालिकाको तर्फबाट मेयर विदुर कार्कीले एक प्रेस विज्ञप्ति प्रकासित गरी उक्त जानकारी गराएका हुन् ।

No description available.


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्