Techie IT
बिहीबार, माघ १५,२०७७

३४ थान मोबाइल बरामद


काठमाडौं ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङगामा लु.२ ख ४३१५ नम्बरको बसबाट विभिन्न कम्पनीका ३४ थान मोबाइल बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।

बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त बसमा महानगरीय प्रहरी प्रभाग नागढुंङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको डिक्कीमा कार्टुनमा प्याकिङ गरी लुकाई राखेको अवस्थामा उक्त मोबाइल फेला पारी बरामद गरेको हो ।मोबाइल ल्याउने व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्