Techie IT
बिहीबार, माघ १५,२०७७

अवैध लागूऔषध सहित काठमाडौं र पोखराबाट पक्राउ


काठमाडौं ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गामा बा.७ ख ५८६४ नम्बरको बसबाट नियन्त्रित लागूऔषध ५ सय ७५ ट्याब्लेट नाइट्राभेट सहित सिरहा कर्जना नगरपालिका-९ बस्ने १९ वर्षीय राहुल कुमार पासवानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सिरहाबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त बसमा प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार पासवानले झोलामा लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका-३१ नहरचोकबाट १ किलो १ सय ग्राम अवैध लागूऔषध गाँजा, २ थान मोबाइल र ३ हजार ७ सय रुपैयाँ सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका-३१ किमबेशी बस्ने २६ वर्षीय जिबन भुजेल, रुपा गाउँपालिका(७ स्याक्लुङ बस्ने २६ वर्षीय रुबिन गुरुङ र पोखरा महानगरपालिका-३१ लामागाउँ बस्ने १७ वर्षीय किशोर रहेका छन् ।

लागूऔषध बेचबिखन तथा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हशंपुरको मुकाम शिसुवा डाडाकोनाकबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरुले झोलामा लुकाई राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्