Techie IT
बिहीबार, माघ १५,२०७७

नेपालमा थप १६१४ जनामा कोरोना संक्रमण, २ लाख २७ हजार ६ सय ४० पुगे संक्रमित


काठमाडौं ।
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा मंगलबार थप १६१४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । यी सहित हालसम्म कोरोनाबाट संक्रमण हुने संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ४ सय ३७ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप २३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या १ हजार ४ सय ३७ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको कमेन्ट लेख्नुहोस्