Techie IT
बुधबार, असोज १४,२०७७

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


काठमाडौं,साउन २७

चितवनको कालिका नगरपालिका-६ कमलचोकस्थित सडकमा ना।३८ प ४२४९ नम्बरको मोटरसाइकलले मंगलबार बिहानठक्कर दिँदा पैदलयात्रीसोही नगरपालिका-२ बस्ने ७० वर्षीय बम्मर महतोको मृत्यु भएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-६ बस्ने २१ वर्षीय सुजन तामाङको पनि सोही मेडिकल कलेज भरतपुरमा उपचारभइरहेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्