Techie IT
बुधबार, असोज १४,२०७७

भन्सार छलेर ल्याउँदै गरेको सुर्ती बरामद


काठमाडौं,साउन २७

सुनसरीको बर्जु गाउपालिका-५ बाटकरिब ४लाख रुपैयाँ बराबरको ५८ बोरा तयारी सुर्ती र २२ बोरा खुल्ला समेत गरी ८० बोरा सुर्ती मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।

भारतीय बजारबाट नेपालतर्फ भन्सार छलेर ठूलो मात्रामा सुर्ती ल्याई भण्डारण गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयसुनसरीबाट खटिएको प्रहरीले उक्त सुर्ती फेला पारी बरामद गरेको हो ।

बरामद सुर्तीआवश्यक कारवाहीको लागि सुनसरी भन्सार कार्यालय कोशीव्यारेज पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्