Techie IT
शुक्रबार, असोज ९,२०७७

बाघको जस्तो देखिने छालासहित पक्राउ


काठमाडौं,साउन २७

बाघ वा चितुवाको जस्तो दखिने छालासहित भक्तपुरको चाँगुनारायण नगरपालिका-८ सुठा डेरा गरी बस्ने रामेछाप सुनापाती गाउँपालिका-५ रुपाकोट घर भएका १८ वर्षीय किशोर लगायत ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमामहानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरीले कालो, खैरो र सेतो रंगको उक्त छाला, २ थान मोटरसाइकल,८ थान मोबाइलसहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्