Techie IT
मंगलबार, माघ ६,२०७७

पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ ; बोहरा


काठमाडौं,साउन २७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनुशासन आयोगका अध्यक्ष एवं पूर्वमन्त्री अमृतकुमार बोहोराले पार्टीमा सैद्धान्तिकभन्दा पनि व्यक्तिगत टकरावका कारण समस्या पैदा भएको बताएका छन् । नेकपा क्षेत्र नं १ प्रदेश (क) द्वारा आयोजित बैठकमा उनले पार्टीका हरेक तहमा अनुशासनको कमी भएको र स्वेच्छाचारिता बढेकामा चिन्तासमेत व्यक्त गरे । पार्टीको हरेक नेता÷कार्यकर्ता बैठकबाट भाग्न नहुने उनले बताएको राससले जनाएको छ।

सांसद शेरबहादुर तामाङले पार्टीभित्र सामान्य समस्या रहेको र पार्टी एक ढिक्का बनाउन गरिएका प्रयत्न बाहिर नआएकामा आश्चर्य प्रकट गरे । उनले जनभावनाविपरीत गतिविधि गर्ने हरेक नेता/कार्यकर्ता आफैँ समाप्त हुनेसमेत बताए । बैठकमा पूर्वसांसद सुवास कर्माचार्य, जिल्ला कमिटी अध्यक्ष झम्क नेपाल, प्रदेश कमिटी सदस्य अमृता नेपाललगायतले आफ्ना विचार राखेका थिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्