Techie IT
बुधबार, असोज १४,२०७७

नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण, २३ हजार ९ सय ४८ पुगे संक्रमित !


काठमाडौं,२७ साउन ।
देशमा विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा मंगलबार थप ६३८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । उपत्यकामा मात्रै थप १३४ जनामा संक्रमण पुष्टि भएको छ ।

यो सँगै कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ पुगेको छ । विगत २४ घण्टामा विभिन्न अस्पतालबाट १ सय ७१ जना संक्रमित कोरोनाबाट मुक्त भएर घर फर्किएका छन्। यो सँगै कुल निको हुनेको संख्या १६ हजार ६६४ पुगेको छ । हाल देशभर ७ हजार २०१ सक्रिय संक्रमित छन् ।

त्यसैगरि विगत २४ घण्टामा कोरोनाभाइरसका कारण थप चार जनाको मृत्यु भएको छ । यो वृद्धिसँगै कोभिड(१९ बाट मृत्यु हुनेको सङ्ख्या ८३ पुगेको छ


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्