Techie IT
शनिबार, असोज ३,२०७७

राजी समुदायलाई सामूहिक घर


काठमाडौं,साउन २७

बर्दियाको बारबर्दिया नगपालिकाले लोपोन्मुख राजी समुदायलाई सामूहिक घर हस्तान्तरण गरेको छ ।

विसं २०६३ देखि बारबर्दिया नगरपालिका–३ को खुरखुरे बस्तीमा साँघुरो, होचो, रूखको बुटामुनि सानो सानो फुसको छानो भएको घरमा बस्दै आएका विपन्न राजी समुदायका नागरिक अहिले चिटिक्क परेको घरमा बस्न पाउँदा खुशी भएका छन् ।

सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयको तराई मधेश समृद्ध कार्यक्रममार्फत बारबर्दिया नगरपालिकाले राजी समुदायका लागि वडा नं १० स्थित दशघरुवामा जस्तापाताको छाना भएको भान्सासहितको तीन कोठा घर बनाएर हस्तान्तरण गरेको हो ।

विपन्न राजी समुदायका २२ घरपरिवार भए पनि हाल १२ घर दुई कोठा र एक भान्साकोठा निर्माण गरी हस्तान्तरण गरिएको छ । बाँकी घर यस आर्थिक वर्षमा बन्ने राससलाई जानकारी दिएका छन् ।

रूखमुनि सानो सानो फुसको छानोको घर दैनिक ज्यालामजदूरी गरेर घर निर्माण गर्ने धेरै परको कुरा परिवारको छाक टार्नै मुस्किल थियो तर हाम्रो मर्म बुझेर नगरपालिकाले सामूहिक रुपमा सुरक्षित घर बनाई दिएर आफूहरुलाई दिएकामा खुशी लागेको राजी सामुदायका अगुवा पार्वती राजीले बताइन् ।

नगरपालिकाले आयआर्जन तथा व्यावसायिक रुपमा कृषि र पशुपालनका लागि राजी समुदायलाई सहयोग गर्ने नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारूले जानकारी दिए।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्