Techie IT
बुधबार, असोज १४,२०७७

सेयर बजारमा पुुन ओरालो गति सुरु


काठमाडु,२७ साउन ।
सेयर बजार पुुन ओरालो लागेको छ । अघिल्लो दिन ३७ अंकले उकालो लागेको सेयर बजार साताको तेस्रो कारोवार दिन आज मंगलबार छ दसमलव ६१ अंकले ओरालो लागेर १४ सय २३ दसमलव ८१ अंकमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ३८ अंकले ओरालो लागेर दुुई सय ९७ दसमलव २७ अंकमा झरेको छ ।

नेप्सेमा आज एक सय ९० वटा कम्पनीहरुको २५ हजार सात सय ७१ वटा कारोवारमा ३६ लाख ३० हजार आठ सय ४५ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब २७ करोड १७ लाख ३८ हजार नौ सय १४ रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १२ वटा समुहको कारोवार हुंदा सामुुहिक लगानी कोष समुहको सुचक सामान्य अंकले बढेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स सहितका ११ वटा समुहको सुचक ओरालो लागेकाछन ।

आज अजोड इन्स्योरेन्स कम्पनी, स्वदेशी लघुुबित्त बित्तीय संस्था आदिको सेयर मुल्य पनि बढेकाछन भने नेपाल फाईनान्स, कालिका लघुुबित्त बित्तीय संस्था आदिको सेयर मुल्य घटेकाछन । कमाउने कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन ।


क्याटेगोरी : समाचार, वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्