Techie IT
शुक्रबार, मंसीर १२,२०७७

अनामनगरमा पूर्वीगेट अगाडी स्यानिटाईजरको व्यस्था


काठमाण्डु,२७ साउन ।
पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना भाइरस कोभिड को जोखिमलाई मुल्यांकन गर्दै अनामनगरमा पूर्वीगेट अगाडी स्यानिटाईजरको व्यस्था गरिएको छ । सो को उद्धघाटन मा कलाकार दिपक राज गिरी , अनामनगर प्रहरी बृत्त का डि एस पी हरी बहादुर बस्नेत , गुण सिनेमा प्रा लि का संचालक महेश प्रसाद किजु ,जागौ युवा अभियानका अध्यक्ष करन श्रेष्ठ, पत्रकार विनोद चौलागाई र चलचित्र पत्रकार संघका महासचिब समिर बलामिको उपस्थितीमा कार्यक्रम गरिएको छ ।

त्यहाँ आवतजावत गर्ने बटुवाले उक्त बुथबाट हात स्यानिटाइज गर्न सक्नेछन् । जागौँ युवा अभियानद्वारा अनामनगरमा कोरोना भाइरसको जोखिम बढेसंगै मास्क वितरणसंगै जनचेतना फैल्याउने काम भईरहेको छ । आफु रहने ठाउँहरुमा सबैले यस्तै किसिमको व्यस्था गर्नलार्य प्रेणित गरेको छ । उनले भने, हामीले आफ्नो निवास र कार्यस्थल र टोल टोलमा यस्ता स्यानिटाईजर बुथको स्थापना गर्न सक्यौ भने पनि जोखिमलाइ केहि कम गर्न सक्छौँ । यो कार्यबाट युवालाई प्रेरित हुन् आग्रह छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्