पोखरीमा खसेर मृत्यु

काठमाडौं,साउन २७
चितवनको भरतपुर महानगरपालिका-२४ ध्रुब बजार बस्ने सुनिल विकको छोरा ६ वर्षीय आभास विकको आफ्नै घर अगाडि फोहोर फाल्ने पोखरीमा खेल्ने क्रममा अचानक खसेर सोमबार मृत्यु भएको छ ।
पोखरीमा खसेर गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्