Techie IT
बुधबार, मंसीर १७,२०७७

फर्निचरमा आगलागी हुँदा ४ लाखको धनमाल जलेर नष्ट


काठमाडौं ।

नुवाकोटको बिदुर नगरपालिका-४ भिमसेन मार्गस्थित सोही नगरपालिका-६ ईनारपाटी बस्ने ४० वर्षीय राम कुमार शाहीको सलिना काष्ठ फर्निचरमा शनिबार बिहान आगलागी हुँदा दराज, टेबल, काठ काट्ने कटर मेशिन लगायत जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यस्तै गरेर महोत्तरीको औरही नगरपालिका-९ टिमकिया बस्ने भागरथ यादवको घर अगाडि पार्किङ गरी राखेको ना.५६ प ०५८० नम्बरको मोटरसाइकलमा शुक्रबार राति आगलागी हुँदा मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको छ ।स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्