Techie IT
बुधबार, मंसीर १७,२०७७

छोरीको घर हिडेकी शिलाको भिरबाट लडेर मृत्यु


काठमाडौं ।

रुकुम (पश्चिम)को आठबिसकोट नगरपालिका-११ गोहिरी बस्ने ६२ वर्षीया शिला गिरीको सोही ठाउँस्थित स्याली बारीको भिरबाट लडेर शुक्रबार दिउँसो मृत्यु भएको छ । छोरीको घर धुर्सेनीतर्फ जाने क्रममा लडेर उनको मृत्यु भएको बताइएको छ ।

यस्तै गरेर पाँचथरको याङवरक गाउँपालिका-३ तेमुना बस्ने ४० वर्षीय ईश्वरी योङ्या घरदेखि करिब १ किलोमिटर टाढा रहेको तारेभिरबाट लडेर मृत्यु भएको अवस्थामा शुक्रबार फेला परेका छन् ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्