Techie IT
बुधबार, मंसीर १७,२०७७

खोलाको किनारबाट ८ थान भरुवा बन्दुक बरामद


काठमाडौं ।

बाग्लुङको ताराखोला गाउँपालिका-२ स्थित हर्पु खोलाको किनारबाट ४ थान र सोही गाउँपालिका-५ नाङगेस्थित जुङ्दे सामुदायिक बनबाट ४ थान गरी वेवारिसे अवस्थामा रहेका जम्मा ८ थान एकनाले भरुवा बन्दुक शुक्रबार प्रहरीले बरामद गरेको छ ।

उक्त खोलाको किनारमा सिमेन्टको बोराले छोपी राखेको अवस्थामा ४ थान र उक्त बनमा ढुङ्गाले छोपेर लुकाई राखेको अवस्थामा ४ थान भरुवा बन्दुक ईलाका प्रहरी कार्यालय ताराखोलाबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्