Techie IT
बुधबार, मंसीर १७,२०७७

५ किलो ३ सय ग्राम गाँजा सहित पुलामी पक्राउ


काठमाडौं ।

सिन्धुलीको कमलामाई नगरपालिका-७ गडौली पुल नजिकबाट करिब ५ किलो ३ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका-१० बस्ने ३३ वर्षीय सोम पुलामी लगायत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले ज.१ ह ४२३० नम्बरको अटो जाँच गर्ने क्रममा चामलको खाली बोरा र झोलामा लुकाई ल्याएको उक्त लागूऔषध गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्