Techie IT
बुधबार, मंसीर १७,२०७७

नेपालमा थप १ हजार ६ सय ७४ जनामा कोरोना संक्रमण, २ लाख १८ हजार ६ सय ३९ पुगे संक्रमित


काठमाडौं ।
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा शनिबार थप १ हजार ६ सय ७४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । यी सहित हालसम्म कोरोनाबाट संक्रमण हुने संक्रमितको संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार ३ सय २३ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ९३ हजार ३ सय २५ पुगेको छ ।

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या एक हजार ३ सय ५ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्