Techie IT
सोमबार, कात्तिक ३,२०७७

प्रधानमन्त्री ओली मानसिक रुपले अत्यन्तै कमजोर रहेको आरोप


काठमाण्डु,२७ साउन।
जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी ओली मानसिक रुपले अत्यन्तै कमजोर रहेको दावी गरेको छ तर त्यो भनेको के हो भन्ने कुरा चाहि कतै स्पष्ट पारिएको छैन् ।

सो पार्टीले गत २५ गते प्रेस विज्ञप्ती जारी गदै प्रधानमन्त्री ओलाी माथि त्यस्तो आरोप लगाएको हो । वक्तव्यमा भनिएको छ मुलुकमा अहिले कोभिड १९ को महाविपत्तीवाट मुक्त भइनसकेको अवस्थामा केपी ओली सरकारको कुनै ठोस कार्य योजना नरहेको र प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्त्र कमजोर रहेको छ ।

वर्तमान सरकार बनेदेखिनै संघीयता,गणतन्त्र,धर्म निरपेक्षता लगायतका पक्षलाई कमजोर पार्ने षड्यन्त्र सहित पहिचान र अधिकारका लागि जनताले चित्रण गर्ने कार्य गरेर देश भित्र विभाजनको विऊ रोप्ने कार्य गर्दैछ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्