Techie IT
बुधबार, मंसीर १७,२०७७

नारायणहिटी दरबार आइतवारदेखि खुल्ला

दरबार हत्याकाण्ड भएदेखि बन्द रहेको राजा वीरेन्द्र निवास श्रीसदन पनि अवलोकनका लागि खुला हने


काठमाडौं ।

२०५६ सालमा भएको नारायणहिटी दरबार हत्याकाण्डपछि बन्द रहेको राजा बिरेन्द्रको निजी निवास श्रीसदन आइतवारदेखि सर्वसाधारणका लागि खुल्ला हुने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शनिबार श्री सदन खुला औपचारिक शुभारम्भ गर्ने र आइतबारबाट सर्वसाधारणले अवलोकन गर्न पाउने नारायणहिटी दरबार संग्रहालय विकास समितिले जनाएको छ ।

राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुति र छोरा नीराजन बस्ने गरेको श्री सदन २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नास भएदेखि श्री सदन बन्द छ ।

नयाँ वर्ष २०७७ को बैशाखमा श्री सदन खुला गर्ने योजना भए पनि कोरोना संक्रमण र बन्दाबन्दीका कारण पछाडी सारिएको संग्रहालयस्रोतले जानकारी दिएको छ ।आइतबारबाट ‘श्री सदन’ का साथै गणतन्त्र स्मारकसमेत अवलोकनका लागि खुल्ला हुने जानकारी नारायणहिटीस्रोतले दिएको छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्