Techie IT
२० साउन २०७८, बुधबार

माटोको ढिस्कोले पुरिएर मृत्यु


काठमाडौं,साउन २७

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-२ रसी डाडागाँउ बस्ने २० वर्षीय दिपक बुढाको माटोको ढिस्कोले पुरिएर सोमबार मृत्यु भएको छ ।

सोही ठाउँस्थित घरको छतमा राख्ने माटो खन्ने क्रममा दिपक ढिस्कोले पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी त्रिपुराकोटबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उद्धार गर्ने क्रममा उनी मृत फेला परेका हुन् ।

ढिस्कोले पुरिएका सोही ठाउँ बस्ने ३९ वर्षीय कर्ण बहादुर बोहोरालाई उद्धार गरी उपचारको लागि स्थानीय मेडिकल पठाइएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्