बाढी पहिरोमा परेर मृत्यु तथा धनमाल नष्ट

काठमाडौं,साउन २७
डोटीको आदर्श गाउँपालिका-१ बाझककनी बस्ने ३२ वर्षीय लोगे लुहारको घर गोठ वर्षाको कारण सोमबार राति भत्किँदा उनकी श्रीमती ३५ वर्षीया बिष्ना लुहार, छोरा ११ वर्षीय पारस लुहार र छोरीहरु ७ वर्षीया सिरु लुहार तथा ४ वर्षीया जेनिशा लुहार समेत ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । लोगे लुहार लगायत ५ जना घाइते भएकाले उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी बाझककनी पठाइएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका-१९ लल्लीपुरस्थित नयाँ बस्तीमा पानी पस्न गई जोखिममा परेका महिला, बालबालिका र बृद्धबृद्धा गरी जम्मा २४ जनालाई नेपाल प्रहरी, शसस्त्र प्रहरी बल नेपाल र रेडक्रसको टोलीद्वारा उद्दार गरी आफन्तको घरमा राखिएको छ ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका-७ शिक्षानगरका अविरल वर्षाको कारण १४ बटा घर, बसन्त टोलका ५० घर र शिवनगरका ४० घरहरुमा पानी पसेर घरभित्र बस्न समस्या भएकोले निजहरूलाई सुरक्षित स्थानहरूमा बस्न लगाइएको छ । तत्काल घटनास्थलमा खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्