Techie IT
सोमबार, कात्तिक ३,२०७७

आगलागीबाट धनमाल नष्ट


काठमाडौं,साउन २७

काठमाडौंको काठमाडौं महानगरपालिका-२८ पुतलीसडकस्थित स्ट्यान्डर्ड एजुकेशन कन्सल्टेन्सीमा सोमबार दिउँसो ईन्भटरको तार सर्ट भई आगलागी हुँदा करिब २५ लाख ६२ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

काठमाडौं बिजुलीबजार बस्ने सङ्खुवासभा चैनपुर नगरपालिका-१२ घर भई हाल ३९ वर्षीय संजिव खत्रीको उक्त कन्सल्टेन्सीमा आगलागी भएपछि ९ थान कम्प्युटर, फर्निचर, २ थान प्रिन्टर लगायत अन्य सामानहरु जलेर उक्त रकम बराबरको धनमाल नष्ट भएको हो ।

मकवानपुर, मनहरी गाउँपालिका-५ डिल्लीपुर बस्ने संगीता भट्टको संगीता पोल्ट्री फर्ममा मंगलबार बिहान बिजुलीको सर्ट भई आगलागी हुँदा कुखुराको खोर र १ हजार ३ सय कुखुरा र गोठ समेत जलेर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्