Techie IT
मंगलबार, असोज १३,२०७७

नगद तथा सुन चोरी


काठमाडौं,साउन २७

काठमाडौं महानगरपालिका-१५ तल्लो बिजेश्वरी डेरा गरी बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ घर भएका हरि बहादुर श्रेष्ठ को कोठाबाट कोही नभएको अवस्थामा सोमबार साँझ चोरी भएको छ ।

चोरले नगद ७० हजार रुपैयाँ, डेढ तोलाको सुनको ब्रासलेट र आधा तोलाको सुनको औठी समेत गरी करिब २ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल लगेको बताइएको छ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्