Techie IT
शुक्रबार, असोज ९,२०७७

भन्सार छली ल्याउँदै गरेको मोबाइल बरामद


काठमाडौं,साउन २७

झापाको मेचीनगर नगरपालिका-७ गैरीगाउँबाट भन्सार छली ल्याएको करिब २ लाख ९ हजार ५ सय रुपैयाँ बराबरको ८ थान मोबाइल सेट सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

नेपाल भारत सिमानाको दशगजा क्षेत्रमा भारतबाट भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको विभिन्न कम्पनीको उक्त मोबाइल ल्याएका मानिसहरुले प्रहरीलाई देखी मोबाइलफालेका थिए ।

उनिहरु फरार भएपछि जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले बरामद गरेको हो । बरामद मोबाइल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्