Techie IT
९ कात्तिक २०७८, मंगलबार

अवैध लागूऔषध सहित पक्राउ


काठमाडौं,साउन २७

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१४ र १५ स्थित सडकबाट एक सय मिलीको १ सय ९५ बोतल नियन्त्रित लागूऔषध उइनरेक्स र ६ सय ट्याबलेट नाईट्राभेटसहित ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका-९ बस्ने ३२ वर्षीय प्रदिप पाण्डे, सोही उपमहानगरपालिका-१२ बस्ने २८ वर्षीय बिरेन मोक्तान, बुद्धि घिसिङ र पर्सा वीरगंज उपमहानगरपालिका-२४ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगर तथा प्रहरी चौकी मयुरधापबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बीआर ०५ एए०६०५, ग।५ प ४२२३ र प्रदेश ३-०२-००२ प ४५४१ नम्बरका ३ वटा मोटरसाइकलमा सवार उनीहरूको साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

भक्तपुर, सूर्यबिनायक नगरपालिका-६ सूयविनायकबाट १ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खोटाङ सत्यश्वर गाउँपालिका-९ घर भई हाल काठमाडौं कागेश्वरी मनहरा बस्ने ४० वर्षीय मिलन केसी र सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-१ घर भई कागेश्वरी मनहरा बस्ने ३५ वर्षीय राम बहादुर रायमाझी रहेका छन् । बा।३ ख २२२६ नम्बरको साझा बसमा गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उक्त बसबाट गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

सर्लाही, लालबन्दी नगरपालिका-१० चन्द्रपुर चौरबाट अवैध लागूऔषध गाँजा २० केजी सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-८ बस्ने २८ वर्षीय रविन्द्र लामा र ५० वर्षीय सुरेश पासवान रहेका छन् । ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्