Techie IT
शनिबार, असोज ३,२०७७

मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु


काठमाडौं,साउन २७
हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा एकजना किशोरको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक भीमफेदी–९ नामटार घरभइ हेटौँडा–११ बस्ने १८ वर्षीय अजय विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।

हेटौ्रडा उपमहानगरपालिका–११ थाना भञ्याङ सडकमा रोकिराखेको बा ९७ प ५४१३ नम्बरको ट्रकमा गएराति हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ५६७९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भिर घाइते भएका मोटरसाइकल चालक विश्वकर्माको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानालेराससलाई बताए ।

अत्याधिक गतिमा मोटरसाइकल चलाएकोले दुर्घटना भएको हुनसक्ने र मोटरसाइकलको पछाडि बस्ने २४ वर्षीय सुनिल सुनार सामान्य घाइते भएको प्रनाउ रानाले जानकारी दिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्