Techie IT
शनिबार, असोज १०,२०७७

कृष्णमन्दिर खोलिएन


काठमाडौं,साउन २७

यस वर्ष कोरोनाको जोखिमका कारण बाँके र बर्दियाका कृष्णमन्दिरमा रथयात्रा एवं शोभायात्रा नहुने भएको छ । बाँके र बर्दिया कोरोनाको रेडजोन एरियामा भएकाले दुवै जिल्लामा निषेधाज्ञा जारी गरिएका कारण सबैले आआफ्ना घरघरमा पूजाआजा गरिरहेको राससले जनाएको छ ।

बाँकेको नेपालगञ्ज र बर्दियाको गुलरियामा रहेका कृष्ण मन्दिर कोरोना सङ्क्रमणको जोखिमका कारण सर्वसाधारणका लागि आज नखोलिएको पुजारीहरुले बताएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्