Techie IT
२६ वैशाख २०७८, आईतबार

पटाका सहित पक्राउ तथा बरामद


काठमाडौै ।

मोरङको ,रतुवामाईनगरपालिका-३ पिडालीचोकबाट भारतबाट अवैधरुपमा ल्याउँदै गरेको ३ बण्डल नागिन पटाका सहित सोही नगरपालिका-३ बस्ने३६ वर्षीय छेदि साहलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरीले साहले काँधमा बोरा बोकी आउँदै गरेको अवस्थामा उक्त पटाका सहित फेला पारी पक्राउ गरेको हो ।यसैगरी मोरङ,रतुवामाई नगरपालिका-२ घरुचोकबाट भारतबाट अवैध रुपमा ल्याउँदै गरेको २ बण्डल नागिन पटाकासोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

भारतबाट साइकलमा ल्याउँदै गरेकोउक्त पटाकाल्याउने मानिससिमा प्रहरी चौकी डोरियाबाट खटिएको प्रहरीलाई देख्नासाथ पटाका फाली फरार भएपछि प्रहरीले बरामद गरेको हो ।यसैगरी मोरङ,रंगेली नगरपालिका-६ नेमाटोलबाट २ हजार ४३ प्याकेट विभिन्न प्रकारको पटाकासोमबार बिहान प्रहरीले बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ उक्त पटाकाल्याउँदै गरेको मानिस ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीलाई देख्नासाथपटाका छाडी फरार भएपछि प्रहरीले बरामद गरेको हो ।

सुनसरी, दुहबी नगरपालिका-२ स्थित नहर नजिकबाट ६ बण्डल नागिन पटाका सोमबार बेलुका प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीलाई देख्नासाथ उक्त पटाका ल्याउँदै गरेको मानिस फरार भएपछि प्रहरीलेबरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्