Techie IT
२ जेठ २०७८, आईतबार

करिब १ लाख २५ हजार रुपैयाँ बराबरको भन्सार छलि ल्याउँदै गरेको मोबाइलको व्याट्री र डिस्प्लेसहित पक्राउ


काठमाडौै ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ आवरोडबाट भन्सार छलि भारतबाट ल्याउँदै गरेको करिब १ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको २ सय ५० थान मोबाइलको व्याट्री र ५९ थानमोबाइलको डिस्प्लेसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिद्धार्थनगर नगरपालिका-६ बस्ने २८ वर्षीय संजय जैसवाल र तिलोत्तमा नगरपालिका-१७ बस्ने २६ वर्षीय प्रबिन गैरे रहेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्