Techie IT
बिहीबार, माघ ८,२०७७

तनहुँबाट नियन्त्रित लागूऔषध सहित पक्राउ


काठमाडौै ।

तनहुँ,को शुक्लागण्डकी नगरपालिका-२ हलेदीबाट नियन्त्रित लागूऔषध डाईजेपाम,नुर्फिन र फेनारगन समेत गरी २ सय ८६ एम्पुल सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका-२ शेरा बस्ने ३० वर्षीय मनोज क्षेत्री,सोही नगरपालिका-५ बस्ने गोरखा घर भएका ३० वर्षीय रबि गुरूङ र तनहुँ व्यास नगरपालिका-४ दमौली बस्ने २१ वर्षीय सन्तोष गुरूङ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्