Techie IT
आईतबार, माघ ११,२०७७

नेपालमा थप २७ सय ३६ जनामा कोरोना संक्रमण, १ लाख ९९ हजार ७ सय ६० पुगे संक्रमित


काठमाडौं।
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा मंगलबार थप २७ सय ३६ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । यी सहित हालसम्म कोरोनाबाट संक्रमण हुने संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ।

पछिल्लो २४ घण्टामा ८ सय ५३ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ पुगेको छ । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या ११ सय ४८ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्