Techie IT
आईतबार, कात्तिक ९,२०७७

दोलखाका पहिरोपीडितलाई ६० लाख


दोलखा, साउन २७
वाग्मती प्रदेश सरकारले दोलखाका बाढी–पहिरो प्रभावित स्थानीय तहलाई ६० लाख रकम उपलब्ध गराउने भएको छ । वाग्मती प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको आइतबारको निर्णयअनुसार सो रकम उपलब्ध गराइने भएको हो । बैठकले बाढी–पहिरो प्रभावित दोलखाका तीन स्थानीय तहलाई तत्काल उक्त रकम राहतका लागि उपलब्ध गराउने निर्णय गरेको दोलखा प्रदेश क्षेत्र(क) का प्रदेशसभा सदस्य विशाल खड्काले बताए ।

प्रदेश सरकारले उपलब्ध गराउने रकमबाट बाढी–पहिरोपीडितलाई थोरै भए पनि राहत पुग्ने उनको भनाइ छ । समितिको निर्णयअनुसार गौरीशंकर गाउँपालिकालाई ३० लाख रूपैयाँ उपलब्ध गराइने तथा कालिञ्चोक गाउँपालिका र विगु गाउँपालिकालाई १५/१५ लाख उपलब्ध गराइने जानकारी खड्काले दिए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्