आगलागीबाट ७ घर जलेर करिब ७ लाख बराबरको धनमाल नष्ट

काठमाडौै ।
धनकुटाको साँगुरीगढी गाउँपालिका-७ बैका बस्ने ७५ वर्षीया पुण्डुकी राईको घरमा चुलोबाट आइतबार दिउँसो आगलागी हुँदा घर जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बाराको कलैया उपमहानगरपालिका-२४ सखुई बस्ने शोभा लाल चौधरीको घरमा सोमबार दिउँसो आगलागी भई बस्तीमा समेत फैलिँदा शोभा समेत ७ जनाको ७ वटा घर जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका-१ पथ्थरकोटस्थित सडकमा बाटो सफा गर्ने एयर कमप्रेशर मेसिनमा तार सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा मेसिन जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्