Techie IT
शुक्रबार, माघ ९,२०७७

करेन्ट लागेर पाख्रिनको मृत्यु


काठमाडौै ।

चितवनको कालिका नगरपालिका-१ बस्ने ४५ वर्षिय सुक बहादुर पाख्रिनको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।

कालिका नगरपालिका-६ खोलेसिमलस्थित पुरुषोत्तम कडेलको घर बनाउने क्रममा रडले विद्युतको तार छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि सरकारी अस्पताल भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते सोही ठाउँ बस्ने २८ वर्षीय अनिष श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार