मृत अवस्थामा फेला
काठमाडौै ।
कैलालीको बर्दगोरिया गाउँपालिका-४ पुरैनातालस्थित डल्लेचौरमा सोही गाउँपालिका-३ खैरेनी मुक्ति शिबिर बस्ने २१ वर्षीय लाल बहादुर डगौरा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुरको थाहा नगरपालिका-४ रुप्से बस्ने ७२ वर्षीय विष्णु बहादुर तामाङ सोही नगरपालिका(२ स्थित दहमा सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
शनिबार बिहान सोही नगरपालिका-२ बस्ने उनकै छोरीको घरमा जान्छु भनि हिँडेकोमा अबेरसम्म घर नफर्के पश्चात खोजी गर्ने क्रममा उक्त दहमा उनको शव फेला परेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्