Techie IT
शुक्रबार, माघ २,२०७७

सरकारले अन्तत: बंगलादेशसँग मल किन्ने निर्णय 

किसानलाई गहुँमा राख्नका लागि मलको तत्काल आवश्यकता छ तर मल कहिले ल्याउने हो केही अत्तोपत्तो छैन


काठमाडौं ।

सरकारले बंगलादेशबाट पैचोमा मल ल्याने भनेकोमा अन्तत: जीटूजीमार्फत रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो ।

यसअघि बंगलादेशका प्रधामन्त्रीसँग नेपालका प्रधानमन्त्रीस्तरिय वार्ताले बंगलादेशसँग रासायनिक मल पैंचो लउने निर्ढाय गरेका थियो । तर बंगलादेशले पैंचोमा मल दिन आनाकानी गरेपछि जीटूजीमार्फत खरिदको निर्णय भएको हो ।

यसका साथै मन्त्रीमण्डलको बैठकले नेपालमै मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने पनि निर्णय गरेको पनि मन्त्रालयस्रोतले जनाएको छ । किसानलाई गहुँमा राख्नका लागि मलको तत्काल आवश्यकता परेको छ तर सरकारले मल ल्याउने कहिले हो कहिले केही अत्तोपत्तो छैन ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्