Techie IT
शनिबार, माघ ३,२०७७

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु


काठमाडौं ।

काठमाडौंको काठमाडौं महानगरपालिका-४ धुम्बराही चोकमा बा.९४ प ५३१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा बैतडी महारुद्र घर भएका ३३ वर्षीय भरत बहादुर चन्दको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो ।

उदयपुरको त्रियुगा नगरपालिका-१० बाँसबारीस्थित सडकमा को.३९ प ९०७० नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार त्रियुगा नगरपालिका-९ राजाबास बस्ने १९ वर्षीया युनिका बुढाथोकीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पश्चात थप उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्