कुखुरा फर्ममा तास खेल्दा खेल्दै पक्राउ

काठमाडौं ।
बझाङको जयपृथ्वी नगरपालिका-७ सुबेडास्थित बेडु खोला बस्ने मोहन थापाको कुखुरा फर्ममा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ सुबेडा बस्ने ५० वर्षीय रामु खत्री लगायत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त फर्ममा तास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३७ हजार ६ सय ९० रुपैयाँ र १० गड्डी तास सहित पक्राउ गरेको हो ।
साथै हाल फरार अन्य ४ जनाको प्रहरीले खोजी गरिरहेको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्