Techie IT
४ जेठ २०७८, मंगलबार

मन्दिर नजिक अवैध ब्राउनसुगर सहित पक्राउ


काठमाडौं ।

झापाको मेचीनगर नगरपालिका-६ काली मन्दिर नजिकबाट ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिन वस्तु सहित सोही नगरपालिका-१४ बस्ने ३० वर्षीय कुमार बिकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्