Techie IT
२६ वैशाख २०७८, आईतबार

झापा र उदयपुरमा आगलागीबाट १९ लाख बराबरको धनमाल जलेर नष्ट


काठमाडौं ।

झापाको कन्काई नगरपालिका-४ टेक्रा बस्ने तारा कुमारी कार्कीको खेतमा प्र।०१-००१ त ८११३ नम्बरको ट्याक्टरमा जोडिएको थ्रेसरबाट धान झार्ने क्रममा आइतबार दिउँसो आगलागी हुँदा धान र थ्रेसरको भाग आंशिक रुपमा जलेर करिब १६ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

उदयपुरको बेलका नगरपालिका-३ एबीसी टप्पु बस्ने ईन्द्र मगर र सोही ठाउँ बस्ने हेम कुमार मगरको घरमा आइतबार दिउँसो आगलागी हुँदा दुबैको घर, ४ कुवीन्टल मकै र १२ कुवीन्टल धान पूर्णरुपमा जलेर करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासीन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्