तास खेलिरहेको ९ जनालाई दुहवीबाट पक्राउ

काठमाडौं ।
सुनसरीको दुहबी नगरपालिका-३ बस्ने आलम हुसेनको काठ फर्निचरको कोठामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय अनिश सिंह लगायत ९ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७७ हजार ७ सय १० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्