Techie IT
२ जेठ २०७८, आईतबार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट


काठमाडौं ।

खोटाङको जन्तेढुंगा गाउँपालिका-६ सोभे बस्ने कल्पना राईको ग्वालीबाट आगो सल्किएर शनिबार बिहान आगलागी हुँदा घर, ग्वाली, गोठ, अन्नपात, भाँडावर्तन लगायतका सामान जलेर १० लाख ६४ हजार ५ सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बाँकेको नरैनापुर गाउँपालिका-६ कोदखेटुवा बस्ने रमेश यादव लगायत ५ जनाको गोठमा शनिबार दिउँसो आगलागी हुँदा पाँचै जनाको गोठ र सामान जलेर करिब २ लाख ९६ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएर यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्