Techie IT
२६ वैशाख २०७८, आईतबार

मृत अवस्थामा फेला


काठमाडौं ।

काठमाडौंको काठमाडौं महानगरपालिका-१६ बालाजु चोक नजिक पार्किङ गरी राखेको बा-२ ख १०९ नम्बरको बसमा सोही स्थानमा भरियाको काम गर्ने हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

धनकुटा, चौबेसे गाउँपालिका-७ र ८ को बीचमा पर्ने चावा खोलामा सुनसरी रामधुनी नगरपालिका-७ बस्ने ७६ वर्षीय हर्क बहादुर लिम्बु शनिबार मृत अवस्थामा फेला परेका छन् ।

कात्तिक ४ गते भान्जा गणेश कुमार लिम्बुको घर र आफ्नो खेतबारी हेर्न जान्छु भनी हिडेकोमा घर फर्की नआए पश्चात खोजी गर्ने क्रममा उक्त खोलामा उनको शव फेला परेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्