करेन्ट लागेर राज भेलेको मृत्यु

काठमाडौं ।
भक्तपुरको भक्तपुर नगरपालिका-५ लाकुलाछे बस्ने ३५ वर्षीय राज भेलेको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।
सूर्यबिनायक नगरपालिका-७ गुण्डुस्थित कृष्णमन्दिर नजिक आफ्नै निर्माणाधिन घरमा सिमेन्ट घोल्ने मेसिन खसेकोले समाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका राजको ईवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्